Section 9
पदावधि :

(१) मनोनीत सदस्यहरूको पदावधि पाँच बर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुन मनोनयन हुन सक्नेछन्।

(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिको लागि अर्को सदस्य मनोनीत हुनेछ ।

(३) अध्यक्ष वा सदस्यले राजिनामा गरेमा निजहरू आफ्नो पदबाट मुक्त भएको मानिनेछ ।